दफा ४४
जिल्ला उद्योग प्रवद्र्धन समितिको गठन
(१) लघु उद्यम, घरेलु उद्योग तथा साना उद्योगको प्रवद्र्धन सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारले स्थानीय तहमा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा आवश्यकता अनुसार सम्बन्धित निकाय र सरोकारवालाको प्रतिनिधित्व हुने गरी जिल्ला उद्योग प्रवद्र्धन समिति गठन गर्न सक्नेछ ।
(२) जिल्ला उद्योग प्रवद्र्धन समितिको गठन, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।